काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । असार ७ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण पेस गर्ने निर्णय समेत बैठकले गरेको छ।




















प्रतिक्रिया