Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा काराेबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार ११:१०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।