काठमाडौं । सेयर बजार सोमबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ को विन्दुमा बन्द भएको छ।
आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७ करोड माथिको सेयर कारोबार भएको छ । आज १४२ कम्पनीको सेयरमूल्य बढ्दा ९४ वटाको घटेको छ। आज ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगनीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमायाका लगानीकर्ताले ७.२१ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज मेरो माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीकाे २४ करोड ३२ लाख रुपैयाँकाे कारोबार भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर १८ करोड ४१ लाख रुपैयाँ,पोखरा फाइनान्स १६ करोड १७ लाख रुपैयाँ,माउन्टेन इनर्जी १४ करोड ५८ लाख रुपैयाँ,मञ्जुश्री फाइनान्स १४ करोड २८ लाख रुपैयाँ,जानकी फाइनान्स १२ करोड ८० लाख रुपैयाँ,रिलायन्स फाइनान्स ११ करोड १४ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स १० करोड ३२ लाख रुपैयाँ,समृद्धि फाइनान्स ९ करोड ९१ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर ९ करोड ४८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।




















प्रतिक्रिया