काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर धनीको नाममा रहेको २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयर धनीले यस सेयरका लागि आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आज (असार १२ गते) देखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
उक्त सेयर तोकिएको समयमा संस्थापक सेयर धनीले खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।




















प्रतिक्रिया