काठमाडौं । बुधबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेको हाे । नेप्से २०६० अंकमा कायम भएको छ । आज ४ अर्ब ५ करोडकाे सेयर काराेबार भएकाे छ ।
५७ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ३ को स्थिर रह्यो । बैंकिङ ७, विकास बैंक ४२, होटल तथा पर्यटन १५, जीवन बीमा ६१, उत्पादन १०, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ३६ तथा अन्य समूह ९ अंकले घटेकाे छ । ब्यापार ६ तथा फाइनान्स समूहको सूचक भने ११ अंक घटेकाे हाे ।
नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.५ प्रतिशत बढेकाे छ । शिवश्री हाइड्रोपावरको ७.२, गणपति लघुवित्तको ७.१, मुक्तिनाथ कृषि कम्पनीको ६.५, स्वाभिमान लघुवित्तको ५.१ प्रतिशतले मूल्य बढेकाे छ ।
साधना लघुवित्तको ६.३, हिमालय ऊर्जा विकास कम्पनीको ५.२, मिडसोलु हाइड्रोको ४.२ तथा सामलिङ पावरको ४.१ प्रतिशतले मूल्य घटेकाे छ ।




















प्रतिक्रिया