कुनै पनि कम्पनीले निष्काशन गरेको सेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर अर्थात् प्रिफिरेन्स सेयर भनिन्छ ।
अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण सेयरबापतको लाभांश बाँड्ने गरिन्छ । साधारण सेयरबापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार सेयरको लाभांश सधैँ निश्चित दरमा सुनिश्चित गरिएको हो ।
अग्राधिकार सेयर धेरै प्रकारको हुन्छ । क्युमुलेटिभ, ननक्युमुलेटिभ अग्राधिकार सेयरका प्रकार हुन् ।
कुनै वर्ष कम्पनीले अग्राधिकार सेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था छ भने त्यस्तो सेयरलाई क्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ ।
जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने सेयरलाई ननक्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ ।




















प्रतिक्रिया