Logo

अर्थ

सेयर बजारमा ८.२४ अंककाे गिरावट, ३ अर्ब ७१ करोडकाे कारोबार



काठमाडाैं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ को विन्दुमा बन्द भएको छ ।

आज ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने १८८ कम्पनीको सेयरमूल्य घटेको छ। ११ कम्पनीको सेयरमूल्य स्थित रहेको छ ।

आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको २२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार १५:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।