काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले अध्यक्ष छनोटको प्रक्रिया रद्द गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै समितिले हालसम्मका सम्पूर्ण छनोट प्रक्रिया रद्द गरिएको जनाएको हो ।
समितिले गत वर्ष फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । गत सोमबार महान्याधिवक्ताको कार्यालयले दिएको रायका आधारमा समितिले प्रक्रिया रद्द गरेको हो ।




















प्रतिक्रिया