काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको बृद्धि भएकाे छ । बजार नेप्से परिसूचक १२.२९ अंकले बढेर २०५३ को विन्दुमा कायम भएको छ ।
आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ । ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानीकर्ताले कमाएका छन् । अज यस कम्पनीका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया