Logo

खेलकुद

बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा



फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको रोमाञ्चक खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा बेल्जियमले गरेकाे आत्मघाती गोल निर्णायक बन्यो ।

खेलको ८५ औं मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेका थिए । फ्रान्स युरोकपको उपाधि दावेदार टोली हो ।

खेलमा दुवै टोलीले गोलका केही सुन्दर अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ००:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।