काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको छ ।
२३७ कम्पनीको ३ लाख ४६ हजारर ५३५ कित्ता सेयर १४ करोड १७ लाख ७३ हजार ३०० रुपैयाँको सेयर कारोबार भएको छ । २३२ कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबार सुरु भएको पहिलो एक घण्टामा बजार ४ प्रतिशत, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे बजारमा नकारात्मक वा सकारात्मक सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।




















प्रतिक्रिया