काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा सो परिमाणको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।
कुल ३० लाख इकाई ऋणपत्रमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
वार्षिक ब्याजदर ८ प्रतिशत र यसको अवधि ८ वर्षको हुनेछ । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।




















प्रतिक्रिया