Logo

अर्थ

नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने, समय अगावै रिचार्ज तथा प्याकेज खरिद गर्न आग्रह



काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले मंगलबार सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ ।

बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ ।

त्यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुनसक्ने भन्दै उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : असार २५, २०८१ मंगलबार  १२ : ४४ बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।