काठमाडौं । विद्युतीय गाडी कम्पनी दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिट क्षमताको विद्युतीय गाडी ल्याउने भएको छ । कम्पनीले १६ सिट क्षमता भएको ‘दिगो ईभी ५’ र १९ सिट ‘ईभी ६’ नेपाली बजारमा ल्याउन लागेको हो ।
१०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ । यसैगरी ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया