Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित



काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्थगित गरेको छ ।

सार्वजनिक लेखा समितिले मंगलबार बोर्डलाई यो कम्पनीको आईपीओप्रति उठेका विषय स्पष्ट पार्न पत्र पठाएपछि अर्काे निर्णय नभएसम्म बोर्डले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको हो । सेबोनले ७ दिनभित्र संसदीय समितिलाई जवाफ दिनुपर्ने छ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई भोलि (असार २७) गतेबाट आईपीओ निष्कासन गर्न लागेको थियो ।
कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गर्न लागेको थियो ।

समितिलाई जवाफ पठाएपछि मात्र प्रक्रिया अगाडि बढ्ने धितोपत्र बोर्डले जनाएकाे छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार १४:५४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।