Logo

अटो

आगामी मौद्रिक नीतिमा नाडाका ७ बुँदे सुझाव



काठमाडौं । आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ७ बुँदे सुझाव दिएको छ । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंक समक्ष ७ वटा सुझाव प्रस्तुत गरिएको नाडाले जनाएको छ ।

नाडाले हायर पर्चेच लोन प्रवाहमा गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियो बुढाउन सुझाव दिएको छ । यस्तो रेसियोलाई ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउनु पर्ने नाडाको माग छ ।

पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने नीजी प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने सुझावमा उल्लेख गरेकाे छ ।

चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउँदै पनि आएको छ । तर यसले अझै पनि व्यवसायीहरुलाई समस्यामा पारेको भन्दै यो लागु भएको मिति पछि कर्जा लिएकाहरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने नाडाको सुझाव छ ।

यस्तै, कालो सुचीमा परेका व्यक्तिहरुले पनि अन्य बैंकहरुबाट आफ्नो कारोबार गरिरहेको देखिएको नाडाले जनाएको छ । कालो सुचीमा परेका व्यक्ति वा कम्पनी माथिको कारवाही ज्यादै फितलो हुने गरेको देखिएकाले राष्ट्र बैङ्कले यस नियमलाई कडाइका साथ लागु गर्नु पर्ने उनीहरुको माग छ ।

राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याउनुपर्ने नाडाले जनाएको छ । सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने सुझाव पेश गरेका छन् । ‘कुनै पनि क्षेत्रमा एनपिए ५५ भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायीक महत्वका माइक्रोबस र नीजि प्रयोजनका कार एउटै क्षेत्र अन्तरगत पर्ने हुदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने नीजि कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्छ’, नाडाले पेश गरेको सुझाव उल्लेख छ ।

यस्तै, घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानीलाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनु पर्ने सुझाव छ ।

प्रकाशित मिति : असार २६, २०८१ बुधबार  ३ : १३ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।