Logo

खेलकुद

दोस्रो अभ्यास खेलमा पनि नेपाली टोली पराजित



काठमाडौं । एसीसी महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल श्रीलंका बोर्ड महिला विकास टोलीविरुद्ध ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । श्रीलंकन टोलीका लागि ओपनर सेनारथ्नेले सर्वाधिक २७ रन बनाइन् । यस्तै सन्दिपनीले १९ तथा मधाराले १६ रन जोडिन् ।

नेपालका लागि कृतिका मरासिनी, कविता जोशी, इन्दु वर्मा र सबनम राईले समान १-१ विकेट लिए ।

तयसहनी सरी भिलेजमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बल झेल्दै6सर्वाधिक २९ रन बनाइन् । यस्तै इन्दु वर्मा ४३ बलमा २८ रन बनाएर अविजित रहिन् । सम्झना खड्काले ११ रन जोडिन् । अन्य ब्याटर भने चल्न सकेनन् ।

घरेलु टोलीका लागि देवमी भिहांगाले ३, सन्दिपनीले २ तथा थारिका सेववान्दी र सान्दिनु निसानसलाले १-१ विकेट लिए ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार १६:२०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।