Logo

अर्थ

१९ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामा सवा १३ खर्ब भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड १८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । गत आवको सोही अवधिमा पनि ८ अर्ब ४६ करोड ३७ लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल आएको थियो ।

एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।

प्रकाशित मिति : असार २७, २०८१ बुधबार  ५ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।