काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको भएको छ। आज छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुनको मूल्य तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आज तेजावी सुनको मूल्य १ लाख ४४ हजार २०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन १ लाख ४४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ८७० रुपैयाँ खरिदबिक्री भएको थियो ।




















प्रतिक्रिया