Logo

अर्थ

एलजीका वाशर ड्रायर वासिङ बजारमा



काठमाडाैं । सिजी इलोक्ट्रोनिक्सले कपडा सुकाउने सुविधा भएको एलजीको वाशर ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ। सामान्य प्रकृतिका वासिङ मेसिनले कपडा धुने मात्रै काम गर्छ, सुकाउन भने घामकै निर्भर हुनुपर्छ।

जुन वासिङ मेसिनले कपडा धुने मात्रै होइन, कपडालाई पुर्ण (शतप्रतिशत) रुपमा सुकाउने काम पनि गर्ने सिजी इलोक्ट्रोक्सिले जानकारी दिएको छ। नेपालमा सिजी इलोक्ट्रोनिक्स नै एलजीको आधिकारीक विक्रेता हो।

यो वाशर ड्रायर वासिङ मेसिनले दुई घण्टाभित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीले जनाएको छ। न्यूनतम आठ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेसिन उपलब्ध रहेको कम्पनीको भनाइ छ।

नेपालमा एआई जडित वासिङ मेसिन एलजीको मात्रै भएको पनि कम्पनीले जनाएको छ। एआई जडित वासिङ मेसिनले विभिन्न कपडाको प्रकार पत्ता लगाई त्यसका लागि उपयुक्त वाश साईकल आफै चयन गरेर धुन्छ।

साथै एलजीका वाशर ड्रायर वासिङ मेसिनहरुमा वाइफाइबाट कनेक्ट गरी मोबाईल एप (थिन क्यु) मार्फत जुनसुकै ठाउँबाट पनि चलाऊन सकिन्छ। सिजी इलोक्ट्रोनिक्सले यी वाशर ड्रायर वासिङ मेसिनहरु नेपालभर उपलब्ध भएको जानकारी दिएको छ।

यसैगरि २५ वटा आधिकारीक सोरुमहरु छन्। साथै, भाटभाटेनी जस्ता सुपर मार्केट र विभिन्न अनलाइन प्लाटफर्मबाट पनि एलजीका वासिङ मेसिनहरु खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

यस्तै, ग्राहकको घरसम्म निःशुल्क ढुवानी गरेर जडान र परिक्षण समेत गरिने बताइएको छ। साथै वासिङ मेसिनमा १० बर्षको वारेन्टी समेत रहेको सिजी इलोक्ट्रोनिक्सले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १८:०१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।