Logo

अर्थ

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरिद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १०:४७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।