Logo

अर्थ

११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको नाफा करिब ६२ अर्ब, कसको कति?



काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा कमाएका हुन् ।

चालू आर्थिक वर्षको जेठ महिनासम्म २० वटा वाणिज्य बैंकहरुले कुल ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७० अर्ब ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

पछिल्लो ११ महिनामा वाणिज्य बैंकहरुमा सबैभन्दाबढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । भने, सबैभन्दा कम माछापुच्छ्रे बैंकले खुद नाफा कमाएको छ ।

नबिल बैंकले जेठ महिनासम्म ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । भने, माछापुच्छ्रे बैंकले १ अर्ब ७ करोड खुद नाफा आर्जन गरेको छ ।

प्रकाशित मिति : असार ३१, २०८१ आईतबार  १० : १५ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।