Logo

अर्थ

११ महिनामा मोबाइल बैंकिङमार्फत साढे ३ खर्बको कारोबार



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मोबाइल बैंकिङमार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।

२०८१ वैशाख मसान्तसम्म २ करोड ३७ लाख ९७ हजार ६८० मोबाइल प्रयोगकर्ताहरूमार्फत ३ खर्ब ३६ अर्ब ५ करोड ८० लाख रुपैयाँ कारोबार (ट्रान्जेक्सन) भएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वालेटमार्फत  २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ ।

यस्तै, कनेक्ट आईपीएसमार्फत  ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी)मार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँ कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यस्तै, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)मार्फत ३ खर्ब ४६ अर्ब १५ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् ।

यसैगरी एटीएम कार्डमार्फत ९१ अर्ब ९० लाख रुपैयाँ, डेबिट कार्डमार्फत ९४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र क्रेडिट कार्डमार्फत २ अर्ब ३ करोड ५० लाख रुपैयाँ, इन्टरनेट बैङ्किङ सेवामार्फत १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, आईतवार १२:३९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।