काठमाडौं । नेपाल सरकार उद्योग विभागबाट अनुमति प्राप्त १० वटा उद्योगले भारतबाट चिनी आयातको अनुमति पाएका छन् ।
भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो । त्यसमधये १० उद्योगले अनुमति पाएका छन् । यसरी अनुमति पाउने अधिकांश खाद्य उद्योग रहेका छन् ।
उद्योग विभागले एक सूचना जारी गर्दै नेपालस्थित एग्रो थाई फुड्स प्रालि-ललितपुर, गुडलाइफ बेभरेज प्रालि-सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि-दुहबी सुनसरी, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रालि-दुहवी सुनसरीलाई चिनी आयातको अनुमति प्रदान गरिएको हो ।
यसैगरी क्वालिटी कन्फेक्सनरी प्रालि-दुहवी सुनसरी, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रालि-दुहवी सुनसरी, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रालि-विराटनगर मोरङ्ग, केआरएस भेन्चर्स प्रालि-भद्रपुर झापा र सुजल फुड्स प्रालि-पोखरा कास्कीलाई चिनी आयातको अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया