काठमाडौं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर दिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो ।
बैंकका शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । अब हस्पिटल आउने बिरामीले प्रत्यक्ष सेवा लिन पाउने भएका छन् ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अस्पतालका महानुभावहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया