Logo

अर्थ

साउनमा पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति?

१३ वटा बैंकले घटाए, ५ वटाको यथावत, दुईले मात्रै बढाए



काठमाडौं । वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् ।  बैंकहरुले आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

२० वाणिज्य बैंक मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर रहेकाे छ ।

असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा पुगेकाे छ ।

असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाएका छन् । त्यस्तै नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन् ।

यी बाहेकका १३ वटा बैंकहरुले भने ब्याजदर घटाएका छन् ।

कृषि विकास बैंकको ब्याजदर ६.२९, एभरेस्ट बैंकको ६.३ प्रतिशत ब्याजदर कायम भएको छ ।

यस्तै, नेपाल एसबीआई बैंकको ६.३, लक्ष्मी सनराइज बैंकको ६.५, नबिलको ७, इन्भेस्टमेन्ट मेगाको ७ र स्टान्डर्ड चार्टर्डको ७ प्रतिशत ब्याजदर कायम भएको छ ।

यस्तै, राष्ट्रिय बाणिज्य बैंकको ६.२१, ग्लोबल आईएमईको ६.२५, कुमारीको ६.७१, प्राइमको ६.५, नेपाल बैंकको ६.२५, सानिमाको ६.४ प्रतिशत ब्याजदर कायम भएको छ । यसैगरी सिटिजन्सको ६.७५,  सिद्धार्थको ६.७५, माछापुच्छ्रेको ७, प्रभुको ७ प्रतिशत ब्याजदर कायम भएको छ ।

यस्तै एनएमबिको ७.५३, एनआईसी एसियाको ७.५३, हिमालयको ७.५ प्रतिशत ब्याजदर कायम भएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ११:४९   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।