Logo

खेलकुद

सन्दीप लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)



काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ । गत जेठ २ गते काठमाडौं जिल्ला अदालतको फैसाल उल्ट्याउँदै उच्च अदालत पाटनले बलात्कार अभियोगमा सन्दीपलाई सफाई दिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो । पाटनले शुक्रबार ६२ पृष्ठको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

गौशाला २६ले आफूलाई बलात्कार गरेको भन्दै अदालत गएकी थिइन् । काठमाडौं जिल्ला अदालतले फैसला गर्दै सन्दीपलाई ८ वर्षको सजाय सुनाएको थियो भने गौशाला २६को नाबालिक दाबीलाई खारेज गरेको थियो ।

सन्दीप काठमाडौं अदालतको फैसलाविरुद्ध उच्च अदालत पुग्दा गौशाला २६ पनि प्रत्यार्थीको रुपमा पेश भएकी थिइन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १७:२८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।