Logo

खेलकुद

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक जित



काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालले १६.१ ओभरमा केवल चार ४ गुमाएर ११८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले अविजित ७२ रन बनाइन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १७:३७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।