Logo

अर्थ

विश्वभर कृतिमान रच्दै आयोन ब्राण्ड, स्थापना भएको ४ वर्षमै १० लाख युनिट ईभी कारको बिक्री



काठमाडाैं । जिएसी समूहले आयोन ब्राण्डको लागि एक उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

स्थापना भएको ४ वर्षमै आयोन ब्राण्डले १० लाखभन्दा बढी युनिट्स सवारी साधन बिक्री गरेको कम्पनीले जनाएकाे छ ।

यो उपलब्धिले आयोनलाई विश्वको सबैभन्दा छिटो बढिरहेको ईभी ब्राण्डको रूपमा पुष्टि गर्ने कम्पनीले जनाएको छ । यसको बजार मागलाई नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन र स्थिरताले प्रेरित गरेको छ । विद्युत् मोबिलिटीको माग बढ्दै गर्दा एआइओएनले आधुनिक उपभोक्ताको आवश्यकताहरू र प्राथमिकताहरूलाई पूरा गर्ने अत्याधुनिक समाधानहरू प्रदान गर्दै अगुवाइ गरिरहेको कम्पनीले जनाएकाे छ ।

आयोन वाईको आकर्षक डिजाइन, उन्नत विशेषताहरू र उत्कृष्ट रेन्चकाे लागि चिनिएकाे छ । यसले नेपालको दिगो भविष्यमा योगदान पुर्‍याउँदै दक्षता, नवप्रवर्तन र धेरै खर्च ननिस्कनेलाई संयोजन गर्ने उच्च-स्तरीय विद्युत् सवारी साधन उपभोक्ताहरूलाई प्रदान गर्न लक्ष्य राखेको सीजी मोटर्सले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १२:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।