Logo

कर्णाली प्रदेश

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ



सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका ४ जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् ।

प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार  ३ : १२ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।