Logo

स्वास्थ्य

२४ घण्टामा थप २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिए



नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ भने १ हजार २ सय ५४ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ।

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ५ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।