Logo

धर्म / संस्कृति

बन्दीपुर शिव महिम्नाहा उत्सव सम्पन्न, एकै दिन ६ हजार बढी सहभागी



काठमाडौं । पर्यटकीय एवं धार्मिक ग्राम बन्दीपुरमा साउन १ देखि सञ्चालनमा रहेको शिव महिम्नाहा समापन भएको छ । ६ हजारभन्दा बढीको उपस्थितिका बीच व्यास आश्रमका संरक्षक कीर्तन शिरोमणि शान्ति स्वरूपानंद दामोदर बाबाले गरेका थिए ।

समापन मन्तव्यमा उनले वनदेवीको मुख्य आश्रम स्थल बन्दीपुरमा नै रहेको र भगवान् शिवजीले वनदेवीलाई प्रेरणाको स्रोतको रूपमा लिने गरेकोले बन्दीपुर धार्मिक पर्यटनको केन्द्र बन्नुपर्ने बताए ।

समापनको समारोहमा एक दिने शिव पुराण पण्डित दीपक सापकोटाले सङ्गीतमय ढङ्गबाट प्रस्तुत गरेर भक्तजनलाई भरपुर आनन्द तुलाएका थिए । समारोहको सभापतित्व शिव महिम्नाहा उत्सव मूल आयोजक समितिका संयोजक किरण पोखरेलले गरेकोमा सञ्चालन चिन्तामणि शर्माले गरेको कार्यक्रममा भक्तजनहरूलाई कृष्णराज अधिकारीले स्वागत गरेका थिए ।

यस्तै सन्ध्याकालीन आरती भने साउन ३२ सम्म सिद्धेश्वर महादेव मन्दिर केबलकार चोकमा चलिरहने छ ।

साउन महिनाभरि चलेको महामहिमा यात्रा सम्पन्न गर्न बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने समग्र इभेन्ट व्यवस्थापन आरकेडि होल्डिङ्ग लिमिटेडले गरेको कार्यक्रममा सहयोगीका रूपमा बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १५:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।