Logo

खेलकुद

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात



काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो ।

यस जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

सोमबारको समूह बी अन्तर्गत दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै भुटान र भारतले खेल्नेछन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १७:४३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।