काठमाडौं । एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १ एक हजार बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको सफल बिक्री गरेको छ ।
यो प्रभावशाली उपलब्धिले एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयतालाई जोड दिएको दाबी गरेको ।
नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखिएको थियो। एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो ।
एमएडब्लु समूहका निर्देशक श्री विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे । उनले भने, ‘नाडा अटो शोमा हाम्रो गाडीहरु प्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ । यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो ।’
एमएडब्लु समूह गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित रहेको जनाएको छ ।
नाडा अटो शोमा समूहको सफलता, ग्राहकको सन्तुष्टि र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको अटल प्रतिबद्धताको प्रमाण रहेको दावी कम्पनीले गरेको छ ।




















प्रतिक्रिया