Logo

अर्थ

तारा एयरले पुनः पोखरा–जोमसोम उडान गर्ने



काठमाडाैं । निजी वायुसेवा कम्पनी तारा एयरले पोखरा–जोमसोम उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले मंगलबार(भदौ १८ गते)बाट पोखरा–जोमसोम उडान पुनः सुरु गर्न लागेको हो ।

यसअघि कम्पनीले प्रतिकूल मौसमका उक्त रुटमा आफ्नो सेवा बन्द गरेको थियो । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो ।

मौसम सुधार हुने क्रममा रहेको र पर्यटकको चहलपहल सुरु हुन लागेकाले पुनःनियमित उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

मौसम अनुकूल भए दैनिक ५ उडान गर्ने गरी तालिका कम्पनीले मिलाइएको छ । यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला– रामेछापका लागि ४ असोजदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १६:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।