Logo

अर्थ

पूर्वाञ्चल ल्यूब आयलले आइपीओ जारी गर्ने



काठमाडौं । पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी असोज ९ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १४:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।