Logo

अर्थ

इन्दिरा आईभीएफ नेपाललाई क्यूएआईको मान्यता



काठमाडौं । इन्दिरा आईभीएफ नेपालले क्वालिटी एन्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई) को मान्यता प्राप्त गरेको छ ।

आफ्नो असिस्टेड रिप्रडक्टिभ टेक्नोलोजी (एआरटी) सेवाका लागि क्यूएआईबाट प्रतिष्ठित मान्यता प्राप्त गरेको इन्दिरा आईभीएफले जनाएको छ । उक्त उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल रहेको इन्दिरा आईभीएफको दाबी छ ।

‘हामीले सधैं उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौं, यसैको फलस्वरूप यो उपलब्धि हासिल गरेका हौं,’ क्लिनिककी केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईंले भनिन् ।

इन्दिरा आईभीएफले उक्त मान्यता प्राप्तपछि उन्नत प्रजनन उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १४:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।