काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेकाे छ । नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा कायम भएकाे छ।
बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ।
आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ ।
आज ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको ९.९० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ ।




















प्रतिक्रिया