काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउन लागेको हो । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले न्युनतम १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा नि:शेष आउने रकम राष्ट्र बैंकलाई उपलब्ध गराउन सक्नेछन् ।
न्युनतम ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई प्राथमिकतामा राखेर निक्षेप स्वीकार गर्ने राष्ट्र बैंकले बताएको छ । बुधबार अर्थात आज दिउँसो ३ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरुले आ-आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन् ।




















प्रतिक्रिया