Logo

अर्थ

आरविवि मर्चेन्ट बैंकिङ्गले बोलायो साधारणसभा, १८ प्रतिशत नगद लाभांश प्रस्ताव



काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले असोज १८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले कर सहित १८प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १३:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।