Logo

अर्थ

हिमालय ऊर्जाको साँढे १४ लाख कित्ता सेयर लिलामीमा राखिने



काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साढे १४ लाख कित्ता सेयर लिलामीमा राखिने भएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । जसअनुसार कम्पनीले ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

कम्पनीका सेयरधनीहरुले भने तोकिएको अवधिमा ८४ लाख ५३ हजार ६४१ कित्ता सेयर खरिद गर्न आवेदन दिए । उक्त सेयरको बाँडफाँट भदौ २५ गते गरिएको छ ।

बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ। यसका लागि कम्पनीले छिट्टै लिलामीको सूचना जारी गर्नेछ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १५:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।