काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ७८ अंकले बढेर २६८८ बिन्दुमा कायम भएकाे छ ।
७ कारोबार दिनपछि बिहीबार बजार उच्च अंकले उकालो लागेको हो । आज २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रहेकाे छ ।
आज कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर काराेबार भएको छ ।
आज सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०९ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढेको छ ।




















प्रतिक्रिया