Logo

अर्थ

उच्च मूल्यबाट तोलामा ६ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार ११:३४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।