काठमाडाैं । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले आव २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीले लाभांश र हकप्रदको अजेण्डा पारित गर्न आगामी कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले एकैपटक ४ वटा आवको साधारण सभा आयोजना गर्ने भएको हो । उक्त सभाहरु काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।




















प्रतिक्रिया