काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार घटेको छ । परिसूचक नेप्से ४ अंक घटेर २५७६ मा कायम भएको छ ।
अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चिएकाे छ । यसदिन दुई सेक्टर मात्रै बढेका छन् । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंकले बढेका हुन् । अरु सबै समूहगत सूचक घटेका छन् ।
आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीकाे २० करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ७.९२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.७७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया