Logo

अर्थ

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट



काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले  र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने र्‍याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । र्‍याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ ।

प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार  ११ : १४ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।