काठमाडौं । बुद्ध एयरले बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो ।
बुधबार गरेर साताको तीन उडान हुनेछ । बुद्धको उडानबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ । काठमाडौँबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । उडान समय काठमाडौँबाट ७ः १५ तथा वाराणसीबाट ८ः ३० रहेको बुद्ध एयरले जनाएको छ ।




















प्रतिक्रिया