Logo

अर्थ

कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै



काठमाडौं । नेपालमा कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा शनिबार राजधानीस्थित एक होटेलमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।

सम्मेलनमा एसियाका सबैजसो देशमा निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी कारोबार गर्ने संस्थाहरूको सहभागिता रहने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

उक्त सम्मेलनमा एसियाली राष्ट्रमा सुरक्षण कारोबारसम्बन्धी काम गर्ने संस्थाको सुदृढीकरण, जोखिम न्यूनीकरण, समग्र क्षमता अभिवृद्धि र आपसी सहकार्यसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

सम्मेलनमा करिब १३० जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको सीईओ घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १५:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।