Logo

खेलकुद

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग असोज ७ गतेदेखि सुरु हुने



काठमाडौं । स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन टु ७ असोजदेखि सुरु हुने भएको छ ।

स्ट्याग च्याम्पियन्स टबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना हुने भएको हो ।

६ दिनसम्म सञ्चालन हुने लिगमा ७ टिमको सहभागिता रहनेछ ।

लिगमा आयोजकसहित दुई विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस र होप्स टेबल टेनिस एकेडेमी सहभागी हुने अखिल नेपाल टेबल टेनिस संघ उपाध्यक्ष सुमन खड्गी र मेटल सेपर रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाखसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेता टिमले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछन् भने तेस्रो हुने (दुवै सेमिफाइनलिस्ट) टिमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १४:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।