Logo

खेलकुद

ऐतिहासिक स्वर्णबाट चुकिन् एरिका

फाइनलमा भियतनामी खेलाडीसँग पराजित



काठमाडौं । नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन् ।

उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्याेहोरिन् ।

चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो ।

एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् । सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १६:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।